मन्त्रिपरिषद् हेरफेर आवश्यकता अनुसार गर्न सकिन्छः प्रम ओली

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यकता अनुसार मन्त्रिपरिषद् हेरफेर गर्न सकिने बताउनुभएको छ ।

प्राईम टिभीमा अन्तरवार्ता दिँदै उहाँले सरकारको काम जनमुखी र प्रधावकराी बनाउन सरकार आवश्यकता अनुसार प्रधानमन्त्रीले पार्टीसँगको सहकार्यमा हेरफेर गर्न सक्ने संकेत गर्नुभयो । उहाँले अर्थमन्त्री डा. युवराज खतिवडाको समय आगामी २० सम्म रहेको उल्लेख गर्दै उक्त समयसम्ममा विचार गर्ने संकेत गर्नुभयो ।

सरकारका सवै मन्त्रिहरुले आफ्नो स्प्रीड अनुसार नै कामहरु गरिरहेको उल्लेख गर्दै देश विकास र समृद्धिको यात्रामा अघि बढ्न नसक्ने मन्त्रिहरुको गतिविधिको बारेमा आफु विचार गर्ने क्रममा रहेको समेत बताउनुभयो ।

जनताले दिएको जनमतलाई अक्षरस पालना गर्दै जनताको लामो समयसम्मको विकासको चाहनालाई पुरा गर्ने दायित्व वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै उहाँले जनमुखी कार्य गर्न नसक्ने मन्त्रिलाई हेरफेर गर्ने संकेत गर्नुभयो ।

उहाँले आगामी निर्वाचन पछि मात्र प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन हुने बताउनुभयो । आफुले अस्थिरतको गतिविधि कुनै पनि हालतमा हुन नदिने उल्लेख गर्दै अब करिव साढे दुई वर्षसम्म कुनै पनि प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने संकेत गर्नुभयो ।

लामो समयसम्म नेपाली जनतामा राजनीतिक स्थायीत्व नभएका कारण विकास र समृद्धिको यात्रालाई लक्ष्य अनुसार लान नसकेको उल्लेख गर्दै उहाँले वर्तमान नेकपाको सरकारलाई जनताले पाँच वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेट दिएकाले सोही अनुसार अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय