१५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

बुटवल, १३ भदौ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालका १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुटु अस्पतालमा कार्यरत ६ जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । यसअघि तीनजना चिकित्सकमा संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मी संक्रमित भएपछि मिर्गौलाको डायलाइसिस वाहेक सबै सेवा बन्द गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

त्यस्तै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार गरिएको परीक्षणमा अस्पतालका दुई चिकित्सक र सातजना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकलपर्सन विमल केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, २ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९

काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि