ट्रकको ठक्करबाट एक जनाको मृत्यु

महोत्तरी, १३ भदौ । बर्दिबासमा ट्रकको ठकरबाट एकजनाको मृत्यु भएको छ ।

आज विहान बर्दिबास चौकमा रोकेर राखिएको ना. ३ स.२३६१ नम्बरको अटोलाई आर जे ०२ जी बि ३३४७ नम्बर भएको भारतीय लहरी ट्रकले ठकर दिँदा अटो चालक बर्दिबास नगरपालिका-१ निवासी भिमबहादुर श्रेष्ठको ४० वर्षीय छोरा टेक नारायण श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते श्रेष्ठलाई उपचारको क्रममा बर्दिबास जनसेवा हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जानेको छ ।

भारतीय लहरी चालक अरबिन कुमार बलाइतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा

काठमाडौँ, ५ असोज । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको

काठमाडौँ, २८ भदौ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् ।

काठमाडौँ, २७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्