पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १३ भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरकी ६२ वर्षीया महिलाको आज विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना