चितवनमा थप २६ जनामा कोरोना पुष्टि

चितवन, १३ भदौ । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ जना र अन्य जिल्लाका ११ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका छन् भने बाँकी महिला रहेका छन् ।

रत्ननगर नगरपालिकाकी संक्रमित भने वडा नं ८ की ५६ वर्षीया महिला हुन् । संक्रमित हुनेमा अन्य जिल्लाका ११ जनामध्ये गोरखाका २ जना, नवलपुरका २ जना, सप्तरीका २ जना, र दैलेख, बारा, गुल्मी, सुर्खेत मोरङका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । थप २ हजार २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय

चितवन, २ असोज । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी

पोखरा, २ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

घोराही, २ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका