कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगञ्ज, १३ भदौ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।

उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको