मन्त्री ढकालद्वारा कोरोना रोकथाम तथा नियन्त्रणबारे विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल

काठमाडौँ, १२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गर्नुभयो ।

छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सकैको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न संस्थाका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौति सामाना गर्न थप सहज हुने बताउनुभयो ।

उहाँले काम गर्नेक्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताउनुभयो । उहाँले कतिपय अवस्था बनिसकेको कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको छ भने त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्री ढकालले चिकित्स, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताउनुभयो ।

उहाँले यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्थाहेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको बताउँदै असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिल्यको जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न अनुरोध गर्नुभयो ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबैसँग समन्वय गरेर नै महामारीविरुद्धको लडाँइमा विजय प्राप्त गर्न सकिने बताउनुभयो । महामारीको समयमा साझा प्रयत्नले चुनौतिको सामना गर्न सरल हुने भन्दै मन्त्री ढकालले समय समयमा प्रतिनिधिमुलक ढंगका यस्ता छलफल जारी राख्ने बताउनुभयो ।

छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्ननहुने बताउनुभो ।

अध्यक्ष कार्कीले कोभिड १९ पोजेटिभ भएर आइशोलेसनामा रहेका चिकित्सक स्वास्थ्यकर्मीको स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिइदिनुपर्ने बताउनुभयो । महामारीविरुद्ध हामी सबै एकै ठाउँमा रहेको भन्दै मन्त्रालयले हामी छौँ भन्ने अनुभुति चिकित्सक र स्वास्थ्यकर्मीको बीचमा गराइदिनुपर्ने बताउनुभयो ।

कार्कीले ग्रोसरी सपहरु दिनभर खोल्नुपर्ने बताउँदै परिस्थिति थप जडिल बने चिकित्सक संघले सरकारका लागि स्वयंसेवक उपलब्ध गराउनका लागि काम गरिरहेको बताउनुभयो ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव समेत रहेका उच्च माध्यामिक विद्ययालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले हामीसँग धेरै खालका मानवस्रोतहरु रहेको भन्दै राज्यले त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले यो महामारीको समयमा हुने सबै खालका काम एकद्धार प्रणालीमा हुनुपर्ने बताउनुभयो । उहाँले विगतदेखिको अनुभवको आधारमा उच्च माध्यामिक विद्यालय संघ हिसानले होस्टलदेखि बससम्म उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभयो ।

अध्यक्ष सिलवालले ‘सक्नेले दिनुस्, नसक्नेले लानुस्’ भन्ने नाराको रुपमा फुड बैंकको अबधारणालाई व्यवस्थिति रुपमा अघि बढाउनु राम्रो हुने सुझाव दिनुभयो । उहाँले स्वास्थय मन्त्रालयले समन्वय गरेर गर्ने सबै काममा साथ दिन तयार रहेको बताउनुभयो ।

यस्तो महामारीको समयमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमित स्रोत र साधानको बीचमा धेरै महत्वपूर्ण र प्रभावकारी काम भैरहेको भन्दै भएका सबै काम जनताले थाहा पाउने गरी प्रचार प्रसार पनि गर्नुपर्ने बताउनुभयो । उहाँँले सबैखालका संस्थाहरुलाई जोडेर सचेतनाको काम पनि अघि बढाउनुपर्ने बताउनुभयो ।

छलफलमा हिसानका महासचिव समेत रहनुभएका नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले भूकम्पको समयमा पनि राज्यसँगै काम गरेको बताउँदै कोरोना महामारीमा पनि सरकारलाई साथ दिन तयार रहेको बताउनुभयोे । उहाँले कोरोना संक्रमितको पहिलो शव व्यवस्थापनमा स्काउटका स्वयंसेवकले काम गरेको स्मरण गर्दै महामारीको समयमा सबैसँग सहकार्य गर्दै भएका स्रोत साधानको उच्चतम उपयोग गर्नुपर्ने बताउनुभयो । अध्यक्ष भण्डारीले मन्त्री स्वयंले पहलकदमी लिएर सबैलाई परिचालन गर्नुपर्ने बताउनुभयो ।

छलफलमा नर्सिङ एसोसिएसनको अध्यक्ष मनकुमारी राईले सरकारको काम कारबाही राम्रो भएको भन्दै सेवा सुविधाको विषयमा गुनासो नआउने बनाउनुपर्ने बताउनुभयो । उहाँले चिकित्सलाई चाहिँ होटलमा राख्ने तयारी गरेको सुनेको भन्दै सबैलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो ।

राष्टिय चिकित्साकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बाले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने काम गर्नुपर्ने बताउनुभयो । स्वास्थ्यकर्मी माथि दूव्यवहार भएको भन्दै महामारीको विषम परिस्थिलाई समाजले पनि बुझिदिनुपर्ने बताउनुभयो । उहाँले चिकित्साकर्मीको परिचालनमा राज्यले अझ बढी ध्यान दिनुपर्ने बताउनुभयो ।

स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरि कुँवरले भत्ता र सुविधाको विषयमा कार्यबिधि बनाउनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले धेरै काम गरेको भन्दै निजी र सरकारीको बीचमा रहेको भ्रम र दूर कम गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य प्रयोगशालाकर्मी संघ (मेलान)का अध्यक्ष, राजेन्द्र खड्काले स्वास्थ्यकर्मी माथि कमजोरी गर्ने र दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो । दिनभर नमुना संकलन गरेको व्यक्ति बेलुका घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै छुट्टै बस्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय