तास खेलिरहेका विद्यालयको प्रधानाध्यापकसहित ११ जना पक्राउ

चितवन, १२ भदौ । चितवनको एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले खैरहनी नगरपालिका वडा नं। २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको बेला बिहीबार दिउँसो १ पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको र उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । आज संविधान