भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो

काठमाडौँ, १२ भदौ । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ ।

बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित भेटिएका छन्। यससँगै कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ ।

जसमध्ये हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन् । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । ७ लाख ३९ हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार चलिरहेको छ । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ८ असोज । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु

चितवन, ८ असोज । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा

काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै

काठमाडौँ, ८ असोज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल