बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

धरान, १२ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको हो ।

८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठानमा आएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो । उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।

यसैगरी ५६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् । उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । उनको दीर्घकालीन रोगबारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको डा। सापकोटाले बताए । ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह

काठमाडौँ, ४ माघ । पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण गरेको पाइएको छ । गाउँपालिकाले गठन गरेको अनुगमन

सुर्खेत, ४ माघ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।