विश्वमा १ करोड ७० लाख ७६ हजारबढी कोरोना संक्रमण मुक्त भई घर फर्किए

काठमाडौँ, १२ भदौ । विश्वमा १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् । एकै दिन थप ५ हजार ८६१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ३४ हजार ७७३ पुगेको छ । अहिले ६६ लाख ९४ हजार ४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६१ हजार ३९६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ५९६ जनाको मृत्यु भएको छ । ३४ लाख ८० हजार ९६२ जना संक्रमित भएकोमा २० लाख ३३ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६५ हजार ६६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७१ लाख ४८ हजार ७०५ पुगेको छ । त्यसमध्ये ४० लाख ९८ हजार ८७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३६ हजार ५५१ जनाको मृत्यु भएको छ । ६६ लाख ८१ हजार ८३९ जना संक्रमित भएकोमा ५३ लाख २५ हजार १३० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९६ हजार ४३४ जनाको मृत्यु भएको छ । ६० लाख ३९ हजार ९१६ जना संक्रमित भएकोमा ४६ लाख ३९ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ९१० जनाको ज्यान गएको छ भने १२ लाख २५ हजार २४९ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ५७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६ सय जनाको मृत्यु भएको छ । २७ हजार ९१४ जना संक्रमित भएकोमा २२ हजार ४ सय जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना