आजको राशिफल

वि.सं.२०७७ साल भदाै १२ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट २८ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ५५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।

बृष (ई,,,,वा,वी,वू,वे,वो) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । पढाई लेखाईमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,,,,के,को,हा) व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसि रहनेछ । पाहुना लागेर कतै जादा आतिथ्यकाे सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडिक बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । व्यापार व्यावसायमा लगानि गर्दा प्रशस्त आम्दानि हुँनेहुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपुर्ण कामहरु सम्पादन हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ ।

कन्या (टो,पा,पी,पू,,,,पे,पो) स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनितिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईँको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्ति हरुसँग बिवाद बढ्ने योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे) व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । बिदेशि सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशमा बसेर व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

मीन (दी,दू,,,,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खनिज पदार्थ तथा पानि सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिष गणेश काफ्ले ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रेस काउन्सिलको

काठमाडौँ, ९ असोज । सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नया कानून ल्याएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त

काठमाडौँ, ९ असोज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी