स्रोत नखुलेको २८ लाखसहित एकजना पक्राउ

रौतहट, ११ भदौ । रौतहटस्थित ईशनाथ नगरक्षेत्रबाट स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र बेश क्याम्प औरैयाको गस्ती टोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप कुमार साहलाई २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो ।

बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा भारतीय क्षेत्रबाट प्रवेश गर्दा गस्ती टोलीलाई शंका लागेर ईशनाथ ९ लवतना गाँउनजिक आज बिहान सवा ७ बजे चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो ।

बरामद रकम समेत दिलिप कुमार साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना