जनसेवा प्रहरी वृतका ८ प्रहरीलाई कोरोना पुष्टि

काठमाडौँ, ११ भदौ । महानगरीय प्रहरी वृत जनसेवामा कार्यरत ८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका प्रहरीलाई महाराजगञ्ज स्थित प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको जनाइएको छ ।

पूर्वबाट तालिम सकेर फर्केका ४ जना प्रहरी सहायक निरीक्षक (असई)को पीसीआर जाँच गर्दा कोरोना देखिएपछि उनीहरुसँग ब्यारेक सेयर गरेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।

मङ्गलबार पाँच जनामा पुष्टि भएको र बुधवार थप ३ जनामा संक्रमण देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका

काठमाडौँ, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन

काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले