विश्वमा कोरोना संक्रमित संख्या २ करोड ४३ लाख नाग्यो

काठमाडौँ, ११ भदौ । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख नागेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २ करोड ४३ लाख २३ हजार ८१ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ६८ लाख ४९ हजार ३३१ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ६ हजार ३१९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २८ हजार ८८७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार २२७ जनाको मृत्यु भएको छ । ३४ लाख ३४ हजार ३१७ जना संक्रमित भएकोमा २० लाख २० हजार १५४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६३ हजार ७६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ९१ हजार ६१५ पुगेको छ । त्यसमध्ये ४० लाख ३८ हजार ७४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३४ हजार ८९८ जनाको मृत्यु भएको छ । ६५ लाख ७८ हजार ८६१ जना संक्रमित भएकोमा ५२ लाख ४२ हजार २०५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९४ हजार ७३३ जनाको मृत्यु भएको छ ।

५९ लाख ७२ हजार ४४८ जना संक्रमित भएकोमा ४५ लाख ७९ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २८ हजार ६५६ जनाको ज्यान गएको छ भने १२ लाख १६ हजार ५५८ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ४५ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५७६ जनाको मृत्यु भएको छ । २७ हजार ७८४ जना संक्रमित भएकोमा २२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय