उपचार नपाएर सुत्केरी र शिशुको मृत्यु

सुर्खेत, १० भदौ । बाढीले बाटो अवरुद्घ भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ ।

घरमै सुत्केरी भएकी रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की रक्तश्राब नरोकिएपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनका जेठाजु हरिसिंह सार्कीका अनुसार शीरालाई भदौ ४ गते राति ११ बजे सुत्केरी ब्यथा लागेको थियो । १२ बजे घरमै छोरा जन्माइन् तर सालनाल नखसेपछि र रक्तश्राब नरोकिएपछि बर्थिङ सेन्टरमा लगिएको थियो । तर गाडीमा ५ मिनेटमै पुगिने बर्थिङ सेन्टर पुगिने भए पनि सडक पहिरोले बगाएकाले स्ट्रेचरमा लैजाँदा आधा घण्टा भन्दा बढी समय लाग्यो ।

शीरालाई राति २ बजेमात्र प्रसुति गृह पुर्यानइयो । तर स्वास्थ्यकर्मीले धेरै रक्तश्राब भएको भन्दै उपचार हुन नसक्ने बताए । त्यहाँ सुत्केरीको उपचार हुन नसकेपछि एक घण्टाको दुरीमा रहेको सामुदायिक अस्पताल लैजाँदै गर्दा शीराको बाटोमै मृत्यु भएको हो ।

आमाको मृत्यु भएपछि दूध खान नपाएर नाबालक बच्चाको समेत एकदिनपछि मृत्यु भएको हरिसिंहले जनाए । पाँच वर्षअघि निर्माण गरिएको उक्त सडक बर्षेनी वर्षायाममा अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने