आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, १० भदौ । थप ८५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन् । जसमध्ये २३० जना काठमाडौंका छन् भने ललितपुरका ४७ र भक्तपुरका २४ जना छन् ।

यस्तै सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०/२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७/७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २/२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ३८५ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १९ हजार ५ सय ४ जना रहेको छ भने मृत्यु हुनेको संख्या १७५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना