जनताको विश्वास र भरोसालाई कहिल्यै कमजोर हुन दिन्न, किमार्थ टुट्न दिने छैन: उपप्रम पोखरेल

File Photo

काठमाडौँ, १० भदौ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पछिल्लो केही दिन यता आफुसँग जोडेर विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले आफ्नो बिरूद्धमा स्वर उरालिरहेका भन्दै आक्रोस व्यक्त गर्नुभएको छ ।

जनताले दिएको अभिमत, विश्वास, भरोसालाई कुनै पनि हालमा गुम्न नदिने उल्लेख गर्दै मन्त्री पोखरेलले व्यक्तिगत कुरा बनाई कसैबाट परिचालिन सञ्चार माध्यमहरुले समाचार संम्प्रेषण गरेकोमा गम्भीर आपत्ती जनाउनुभएको हो ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मन्त्री पाखरेलले भन्नुभएको छ, ‘केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् ।’

जनताले दिएको जमनतका आधारमा वर्तमान सरकारमा आफु रहेको उल्लेख गर्दै उहाँले कुनै पनि कहींकतै पनि आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउनुभएको छ । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन दिलाउनुभयो ।

उहाँले भन्नुभको छ, ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकारगरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुखित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् १ म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु, तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन, किमार्थ टुट्न दिने छैन !!’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा भएको

काठमाडौँ, ६ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । गएराति

एजेन्सी, ५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध  दिल्ली क्यापिटल्सले विजयी सुरुअवात गरेको छ

एजेन्सी, ४ असोज । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा