बाजुरामा बाढी पहिरोमा परी २ जनाको मृत्यु

बाजुरा, ३ भदौ । बाजुरामा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ का मीन बहादुर बुढाकी ३ वर्षीया छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको हो । उनकी ५ वर्षीया दिदी विनिता बुढा र ६५ वर्षीया हजुरआमा नन्दादेवी बुढा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै बाजुरामै बढीगाढ र धुपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा गाउँपालिका ६ की ७५ वर्षीया धिनु लुहारको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय