राष्ट्रपति भण्डारीद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । १०१ वर्षको उमेरमा आज साझ ५ः५५ बजे घिमिरेको आफ्नै निवासमा निधन भएको थियो ।

सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुस्खद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं । दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !’

कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहनुभएको थियो ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिनु भएका घिमिरेको मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय