मानव जीवनको भावनाले चलेका संस्थालाई पारदर्शी र जिम्मेवार बनाउनुस्ः प्रम ओली

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको जीवनसँग जोडिएका महत्वपूर्ण संस्थाहरुलाई पारदर्शी र जिम्मेवार बन्न र बनाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।

बालुवाटारमा आज नेपाल रेडक्रस सोसाईटीका तदर्थ समितिका पदाधिकारीहरुसँगको भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले रेडक्रसले मानिसको जीवनलाई बचाउने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

मानविय जीवनको अप्ठ्यारो समयमा समेत रेडक्रसका युवाहरुले महत्वपूर्ण कामहरु गरिरहेको उल्लेख गर्दै सेवा नै धर्म हो भन्ने मान्यतालाई कसैले पनि भुल्नु नहुने बताउभनुभयो । रेडक्रस जस्तो मानव जीवनको रक्षा गर्ने संस्थालाई जोगाई राख्न तथा मानिसलाई विश्वास र भरोसोको संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले संस्थामा आर्थिक पारदर्शिता तथा संस्थामा सेवाको भावनाले कार्यरत कर्मचारीले जनताको भावनलाई खेलवाड गर्नुनहुने बताउनुभयो ।

‘अप्ठ्यारो बेलामा समेत काम गर्न सक्ने यूवाहरूसम्म पुग्नुहोस । रक्तदान जीवनदानको भावनाले चलेको संस्थालाई पारदर्शी र जीम्मेवार बनाउनुहोस्’ भनि निर्देशन दिनुभएको कार्यक्रम पछि महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धीत निकायले विशेष निगरानीको साथमा सम्बन्धीत संस्थाले पनि आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्नु चुक्नु नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जिम्मेवारी र पारदर्शिताबाट यो वा त्यो बहानामा पन्छीने कुनै छुट नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २ असोज । भक्तपुर मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ ।

चितवन, २ असोज । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी

पोखरा, २ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

घोराही, २ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका