प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने तीन जना पक्राउ

मकवानपुर, २ भदौ । प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार ९खुकुरी० प्रहार गरेको आरोपमा गए राति पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरु लागुऔषध सेवनकर्ता हुन् । उनीहरुलाई सोमबार राति १० बजेको समयमा लागुऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।