आजको राशिफल

वि.सं.२०७७ साल भाद्र ०२ गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट १८ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ३२ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना कामहरु छोड्नाले आउने रकम आउने छैनन् । व्यापार व्यवसायमा लगापन गरे पनि आम्दानी कम नै हुनेछ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने योग रहेकोछ भने टाढिएर यात्रा गर्नुपर्दा मन दुखि हुनेछ । घर जग्गाको खरिद बिक्रि गर्दा जा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ ।

बृष (ई,,,,वा,वी,वू,वे,वो) कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।  कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

मिथुन (का,की,कू,,,,के,को,हा) विगतका निर्णयले काम बिग्रन सक्छ भने बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काम बिग्रने डरले पनि सताइरहनेछ । खनिज पदार्थ तथा अन्य भौतिक सम्पतिको व्यापारमा घाटा हुन सक्छ ध्यान दिनुहोला । पढाइमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कलात्मक तथा रचनात्मक काम सुरु गरि भविष्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । विद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । तरपनि विदेशबाट घरफिर्ताको अवसर जुर्न सक्छ ।

कन्या (टो,पा,पी,पू,,,,पे,पो) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुसी हुनेछन् । नया प्रेम प्रस्ताव आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोजगारी सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा नचाहाँदै नचाहाँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मामा तथा मावलिबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

मीन (दी,दू,,,,दे,दो,चा,ची) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आत्मबल तथा सम्यम्मता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले नचाहाँदा नचाहाँदै टाढिनु पर्ने बाध्यता आउन सक्छ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका

काठमाडौँ, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन

काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले