आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, १ भदौ । थप ५८१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौँका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४/४ जना, धनुषा र जुम्लाका ३/३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २/२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज १६० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ४ सय ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वीरगन्ज, ५ असोज । वीरगन्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । तीन जनाको आइतबार बिहान र एक

काठमाडौँ, ५ असोज । अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम, उत्तर-पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालका धेरैजसो ठाउँमा ठूलो

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय