दुई प्रहरी निलम्बित

सिन्धुली, १ भदौ । जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

उनीहरुले बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंँग रकम लिएको उजूरी परेको र आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारी साथ निर्वाह नगरेको जनाउँदै निलम्बन गरिएको कार्यालयले जनाएको छ । निलम्बित प्रहरीलाई सोधपुछ गर्दा रकम लिएको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा निजहरुमाथि थप छानबिन गर्न समिति गठन गरेको जनाइएको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत ९प्रहरी निरीक्षक० रोशन थापाले आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत पाँच प्रहरी घुस लिएपछि निलम्बनमा परेका थिए । सेवाग्राहीसंँग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित १३ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५ प्रहरी कर्मचारी पुरस्कृत भइसकेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।