चितवनमा थप ११ जनामा कोरोना पुष्टि

चितवन, १ भदौ । चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै चितवनमा कोराना संक्रमितको कुल संख्या २०९ पुगेको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपािलकामा चार महिला र तीन पुरुष गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती नगरपालिकाका दुई जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १५ देखि ८६ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी भरतपुरस्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडाका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा