आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ३२ साउन । थप ६४१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११/११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी र महोत्तरीका ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३/३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एक/एक जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार आज २३४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ३ सय ३५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी

काठमाडौँ, ९ असोज । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ललितपुर, ८ असोज । महाँकाल गाउँपालिकाले गत ५ गतेदेखि परेको अबिरल वर्षाका कारण पालिका क्षेत्रभित्र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन

काठमाडौँ, ८ असोज । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल