एकै परिवारको पाँच जनामा कोरोना पुष्टि

तनहुँ, ३२ साउन । तनहुँको व्यास नगरपालिका १ भादगाउँ रतौली टोलमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि वृद्धा आमाको उपचारका क्रममा पोखरामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि परिवारका सदस्यमा गरिएको परीक्षणका क्रममा थप पाँच जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा प्रहरी दम्पत्तिसहित रहेका छन । चिकित्सकहरुका अनुसार संक्रमित पति जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत रहेको र केही दिनअघि घर आएका थिए । उनकी पत्नी भने जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत छिन । प्रहरीकी आमामा संक्रमण देखिएपछि घरका चार र आफन्त तथा सवारी चालकसहित आठ जनाले पोखरा गएर स्वाब दिएका थिए । उनीहरु चारै जनामा पोजेटिभ देखिएको चालक, बिरामी वृद्धाका अरु छोरा बुहारी र आफन्तको भने रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरुमा संक्रमण कार्यालयबाटै फैलियो कि भन्ने विषयमा अनुसन्धान भइरहेको स्वास्थ्य अधिकारीको भनाइ छ । महिला प्रहरी कार्यरत तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको छ । संक्रमित पारिवारिक सदस्यको सम्पर्कमा आएकी महिला प्रहरीमा संक्रमण हुन सक्ने अनुमानका आधारमै प्रहरीलाई बेग्लै राखेर स्वाब संकलन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना