विश्वभर कोरोना सङ्क्रमितको संख्या दुई करोड १३ लाख नाघ्यो

काठमाडौँ, ३२ साउन । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १३ लाख ५७ हजार ८९० जना रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओका अनुसार विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ५०१ को मृत्यु भएको छ । एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड