फिफाको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडौँ, ३२ साउन । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ ।

कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १३४औँ, श्रीलङ्का १४०औँ, माल्दिभ्स १४२औँ तथा भुटान १५४औँ स्थानमा रहेका छन् । विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय