नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या बढे पनि मृत्युदर तुलनात्मक रुपमा कम

काठमाडौँ, ३२ साउन ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा एक सय नेपालीले ज्यान गुमाइसके पनि अन्य देशको तुलनामा मृत्युदुर भने कम रहेको पाइएको छ । विश्वव्यापी रुपमा देखिएको सङ्क्रमण दर र मृत्यु दर अन्य देशहरुको तुलनामा नेपालमा धेरै कम रहेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा सङ्क्रमित संख्या साढे २५ हजार पुगेको छ । वर्ड मिटरका अनुसार नेपाल सङ्क्रमित हुने देशको सूचीमा ६७ औँ स्थानमा छ ।

कम सङ्क्रमित बढी मृत्यु हुने देश

नेपालभन्दा कम सङ्क्रमित हुने अन्य देशमा मृत्युदर अत्यधिक रहेको पाइएको छ । करिब ३४ वटा देशहरुले सङ्क्रमित कम भए पनि मृत्यु हुने दरमा नेपाललाई पछाडि धकेलेका छन् ।

नेपालपछि धेरै सङ्क्रमित भएको देश अष्ट्रेलियामा नेपालमा भन्दा धेरै मृत्युको चपेटामा परेका छन् । त्यहाँ करिब २३ हजार सङ्क्रमित हुँदा ३९४ जनाको मृत्यु भएको छ । त्यस्तै, २२ हजार ८७६ जना सङ्क्रमित हुँदा युरोपेली देश अष्ट्रियामा ७२५ जना दिवङ्गत हुन पुगे ।

यस्तै, करिब २२ हजार सङ्क्रमित रहेको एल साल्भाडोरमा ५९५ जनाको ज्यान कोरोना भाइरसले लिएको छ । करिब १९ हजार सङ्क्रमित रहेको चेक गणतन्त्रमा ३९४ जनाले ज्यान गुमाए भने करिब १८ हजार सङ्क्रमित रहेको क्यामरुनमा ४०१ जनाको मृत्यु भयो । आइभोरी कोष्टमा १७ हजारभन्दा कम सङ्क्रमित हुँदा १०८ जनाको ज्यान गएको छ ।

यस्तै प्यालेष्टाइनमा १५ हजारलाई कोरोना पुष्टिसँगै १०६ जनाको मृत्यु भएको छ र बोस्निया हर्जगोविनामा ४६९ को ज्यान गएको छ । त्यसैगरी, करिब १५ हजार सङ्क्रमित हुँदा अत्यधिक मृत्यु हुने देशमा डेनमार्क रहेको छ । त्यहाँ ६२१ जनाको मृत्यु भयो भने दक्षिण कोरियामा ३०५ जनाको ज्यान गयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको