आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ३१ साउन । थप ४६८जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।

यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११र११ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज १२४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार २ सय एक जना रहेको छ भने मृत्यु हुनेको संख्या १०२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ