नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

काठमाडौँ, ३१ साउन । कोरोनाबाट थप तीन जनाको मृत्यु भएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १र१ जना गरी थप ३ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार कपिलवस्तुको मायादेवी-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका-१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी