८ जना जुवाडे पक्राउ

कैलाली, ३१ साउन । कैलालीबाट जुवा खेलीरहेको अबस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार ईलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरी टोलीले चुहानगरपालिका–१ स्थित बषपार्कमा रहेको दिपावली होटल एण्ड लजबाट तास खेलिरहेको अबस्थामा ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका–१ बस्ने, बर्ष ३२ को रामराज जैसी, ३६ को लक्षमण बुढाथोकी ,३३ को जिबन अधिकारी, ३० को धमिन्द्र रावल, २० को पबन थापा, त्यसैगरी २ बस्ने बर्ष ३३ को प्रकाश शाही, ४ बस्ने बर्ष ३३ कै पुरन बिक, र घोडाघोडी नगरपालिका १ बस्ने अक्कल शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट ८१ हजार र तासको गड्डी समेत बरामद गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी