काठमाडौँमा चक्कु हानेर लक्ष्मणको ज्यान लिने पक्राउ

काठमाडौँ, ३१ साउन । काठमाडौँको मनमैजुमा चक्कु हानेर नुवकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य व्यक्ति आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार दोलखा घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको हो ।

शुक्रबार साँझ सुमन गोर्खा खाजा घरमा ‘गर्लफेन्ड खोसेको’ विवादमा दुई समूहबीच झडप हुँदा शेर्पाले चक्कु प्रहार गर्दा लक्ष्मणको मृत्यु भएको थियो ।

नुवाकोटका २४ वर्षीय लक्ष्मणको शव ग्रिनसिटी अस्पतालमा राखिएको छ । बालाजुको सुकुम्बासी बस्तीमा बस्ने हत्या आरोपी आङदोर्जेबारे अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ माघ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म

एजेन्सी, ३ माघ । बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएको छ । आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा हुने सबै

 काठमाडौँ, ३ माघ । भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ ।  आउने जुलाइसम्ममा ३० करोडलाई खोप लगाइसक्ने योजनासहित

एजेन्सी, ३ माघ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड १८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार