पर्सामा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगञ्ज, ३१ साउन । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको साउन ३० गते शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको गण्डक कोभिड अस्पतालका संयोजक डा। उदय नारायण सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर  र १० जना सवारी चालक माग गरेको छ ।

काठमाडौँ, ८ असोज । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन एक हजार

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate for

काठमाडौँ, ७ असोज । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला