पहिरो पीडितलाई तत्काल उचित बासको प्रबन्ध मिलाउन सभापति देउवाको आग्रह

काठमाडौँ, ३० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिन्धुपाल्चोक र कालिकोटमा पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले शुक्रबार ट्वीटरमार्फत सिन्धुपाल्चोक र कालिकोटका पहिरो प्रभावित उचित बासको प्रवन्ध मिलाउन माग गरेका हुन् ।

पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै सभापति देउवाले ट्वीटमा लेखेका छन्, ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्धार गर्न म सरकारसँग माग गर्दछु । साथै पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गर्दछु’ ‘पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज ६ असोज २०७७, मंगलवार प्रिती कोउलव अनुराधा , सामाजिक सेवा दिवस मेष(चु, चे, चो, ला, लि, लु, ले, लो,

प्युठान, ५ असोज । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा

काठमाडौँ, ५ असोज । थप ११ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय

काठमाडौँ, ५ असोज । बागलुङस्थित रिघा स्वास्थ्य चौकीमा सुत्केरी भएकी एक महिलाको रक्तश्राप नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी