आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ३० साउन । थप ५९४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाका ११९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।

यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४/२४ जना, तनहुँ र बाँकेका २२/२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४/१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिन्धुलीका ११ जना, झापा र कैलालीका ९र९ जना, सिराहा र अछामका ६र६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५/५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २/२ जनामा संक्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १/१ मा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज २४० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ७७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय