सिन्धुपाल्चोक पहिरोमा परि बेपत्ता ३८ जनाको पहिचान खुल्यो (नामसहित)

काठमाडौँ, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार उक्त पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन ।

बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री र सानुकान्छी दोङ (गर्भवती) रहेका छन् । यस्तै दन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङ बेपत्ता भएका छन् ।

पहिराले ३७ घरमा क्षति पुर्‍याएको र पहिरोमा परी पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको चौतारा र १ गम्भीर घाइतेको काठमाडौंमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०