ब्राउन सुगरसहित दुई जना पक्राउ

बाँके, ३० साउन । प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ शान्ति चोक निवासी ३२ वर्षीय राकेशकुमार लोनिया र २८ छविलाल लोनिया रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका अनुसार उनीहरूलाई गोप्य सूचनाको आधारमा  बिहीबार दिउँसो शान्ति चोकबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट दुई ग्राम एकसय मिलिग्राम ब्राउन सुगर बरामद भएको र दुबै जना विरुद्ध लागु औषध मुद्दा दायर गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको  छ । Exchange Rate

काठमाडौँ, २ असोज । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, २ असोज । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८१औं र ८२औं शाखा कार्यालय