काठमाडौँ उपत्यकामा अनुगमन तीव्र

काठमाडौँ, ३० साउन । काठमाडौँ उपत्यकाभित्र काठमाडौँ जिल्लामा पाँच, ललितपुर र भक्तपुर जिल्लामा चाररचार वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारवाहीलाई तीव्र बनाइएको छ ।

यसै प्रकारको अनुगमन टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लालाई समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा निर्देशनअनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र र २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा चल्ने सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधनमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरीको पालना गर्न गराउने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउनेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातहतका निकायलाई बिहीबार मन्त्रालयले जरुरी सूचनामार्फत निर्देशन जारी गरेको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म मास्क प्रयोग नगरी हिँड्ने चार लाख १९ हजार बढीलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६३५ वटा सवारी साधन तथा अनुमति बिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ८ असोज । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु

चितवन, ८ असोज । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा

काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै

काठमाडौँ, ८ असोज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल