काठमाडौँ, ३० साउन । माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक ‘वी च्याट’ वालेटको भुक्तानी सेवा ल्याएको छ ।
बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै ‘वी च्याट’ वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।
माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रा। लि। सँगको सहकार्यमा उक्त ‘वी च्याट’ वालेट संचालनमा ल्याएको हो । उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसंग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि ‘वी च्याट’ वालेटबाट भुक्तानी गर्न सक्नेछन् ।
बैंकले हाल १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।