रौतहटमा गोली चल्यो

रौतहट, २९ साउन । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ ।

भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका हुन् । स्थानीय वासिन्दा र भैंसी व्यापारीले प्रहरीको काममा अवरोध गर्दै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको हो ।

सीमा नाकामा कडाइ गरेका बेला रौतहटमा तस्कर समुहले भने भारतबाट अवैध रुपमा राँगाभैंसीलगायत विभिन्न् वस्तुको निर्वाध तस्करी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021