सुन ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ, २९ साउन । करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले झापा शान्तीनगर घर भई काठमाडौं महानगरपालिका(३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

मगरले उक्त रुपैयाँ बराबरको डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको मुद्धाको अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मगरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021