पिडा भित्रको साचो माया

वर्षा शर्मा
सानि ढोका खोल न छिटो“बाहिरबाट यस्तै आवाजहरु आईरहेको आभास भइरहेको छ मलाई । सायद मनले कन्चन दिदिलाई सम्झिएको भएर होला यस्तो भएको जस्ले मलाई धेरै मायाँ गरेर ’सानी’ भनेर बोलाउनु हुन्छ ।

आज अचानक दिदिको याद किन आयो मलाई सायद दिदिको यादले मलाई रोक्दैछ । दिदिले गरेको मायाँ, दिदिको साथ हरेक कुरामा, दिदिको सहयोग अनि संगै बस्दा दिदिले गरेको गालि पनि सबै एकाएक मेरो आँखाको अगाडि जस्ताको तस्तै झल्किन थाले । तर फेरी दिदिको अर्को रुप पनि मेरा अगाडि नाच्न थाल्यो जसरी एक वर्ष पहिलेदेखि दिदिमा आएको परिवर्तन, बिहे गरेपछिको उहाँको रुप अनि म प्रतिको घट्दो मायाँ ।

दिदि पनि आफ्नो जिन्दगीमा रमाईरहनु भएको छ अहिले त, भिनाजु अनि उहाँको नयाँ परिवार, म त को नै हुँ र उहाँको लागि फुपुकि छोरी त हुँ नि कहाँ फुर्सद होला र अब दिदिलाई मेरा पिडाहरु सुन्न अनि बुझ्न अनि मेरो साथ दिन जसरी एक वर्ष पहिले दिनुहुन्थ्यो । मनमा यस्तै यस्तै कुराहरू खेलिरहेकै बेला साँच्चै नै कसैले ढोका खोलेझैं लाग्यो, नभन्दै कन्चन दिदि । न दिदि । सिलिङ पङ्खाको ठ्याक्क सिधा तल खाटलाई सारेर त्यसको माथि कुर्सि राखेर त्यसमाथि आफु चढेर दिदिले किनिदिएको सललाई पङ्खामा झुन्ड्याउँदै गरेको अवस्थामा दिदिले मलाई देख्नुभयो । दिदिको हातमा रहेको ब्ल्याक फरेस्ट केक जुन मलाई एकदमै मन पर्छ अनि प्लास्टिक झोलामा रहेका वेलुन, चकलेटहरु अनि धेरै रयापिङ पेपरले बेरेका थुप्रै गिफ्टहरु अचानक भुइँमा फालेर दिदि कराउनु भो ’सानि…’

दिदिलाई देखेपछि मैले पनि त्यो सललाई त्यहिं छोडेर कुर्सीबाट तल झरें। दिदिले अरु केहि नसोंचि एक झापड कसेर मेरो गालामा हान्नुभयो र आफैं रुनुभयो मेरा आँखा भने बिगत चार महिना अगाडिदेखि नै ओभानो भएकै छैनन्। दिदिको झापडले बिगतका दिदिकै झापडहरु एकाएक मेरा आँखामा झल्किन थाले । सानै हुँदा मैले चकलेट चकलेट भनेर झगडा गर्दा दिदिसंग पैसा नभएर मलाई एक झापड हानेर रुचाउँदै घर लिएर जानु भएको थियो। त्यतिबेला म धेरै रोएको थिएँ रुनुको कारण झापडको दुखाई थियो तर आज उहि दिदिको हात अनि उहि मेरो गाला उस्तै झापड तर दुखाई फरक, पिडा फरक, झापडमा मिसिएको मायाँ अनि आत्मियता आज बल्ल बुझें मैले। दिदिको अँगालोमा बाँधिएर एकपटक भक्कानो छोडेर रुन मन लायो। दिदिले नै मलाई अँगालो हालेर रुनुभयो अनि के भयो तँलाई भन न सानी ।

हामि सबैलाई छोडेर तँ कहाँ जान आँटेकि तँलाई कहाँ टाढा जान दिन्छु र मैले जान पाउँदिनस ्। तेरो जिन्दगी तेरो आफ्नो मर्जिले कहाँ त्याग्न पाउँछेस र हामि मायाँ गर्ने मान्छेहरुको लागि तँ बाँच्न पर्छ । किन मर्न पर्यो र तँलाई भन मलाई। जवाफ दे सानी । त्यस्तो किन हार मानिस र सानी यति दुख गरेर पाएको जिन्दगी समाप्त गर्न खोज्दै छे ? थाहा छ सानी आजकै दिन तैंले यो धर्तीमा पाईला टेकेकि होस्, कति खुसी हुनुहुन्थ्यो तेरो बाबाआमा तेरो पहिलो रुवाई सुनेर, तैंले एकपटक ति बाबाआमालाई सम्झिनस ? जस्ले तेरो खुसीका निम्ति आफ्नो जिवन सुम्पिए नत्र किन बाँच्नु छ र उनिहरुलाई पनि ।

आमाबाबा भन्दा पनि ठुलो को छ र जस्को लागि तैंले जिवन त्याग्न तयार भएकि ? दिदिले एकैपटक यति धेरै प्रश्नहरु सोध्नुभयो कि मैले बोल्ने मौका नै पाइनँ अझ उहाँ को त्यो रिस अनि मायाँ मिसिएको आवाज सुनेर झन रुन मात्र मन लाग्यो तर पनि मेरो जिन्दगी बँचाईदिनुभएको दिदिलाई मनमा भएको अनि आफुले भोगेको पिडाहरुलाई दिदिको सामु पोख्न मन लायो । “भन्छु दिदि सबै कुरा भन्छु म “राजलाई त चिन्नु हुन्छ नि दिदि, सानैदेखि मलाई मन पराउँथ्यो अनि हाम्रो प्रेम सम्बन्धको बारेमा पनि मैले हजुरलाई भनेकै थिएँ नि हैन ।

हजुरको त्यो साथ धेरै अविस्मरणीय छन् दिदि जब हजुरले मलाई राजसंग घुम्न जाँदा होस्, अथवा राति अबेर सम्म उसंग च्याटमा कुरा गर्न होस। हजुरले धेरै साथ दिनुभएको थियो नि दिदि त्यसैले त सबै कुरा हजुरलाई सुनाउँथे नि । निकै रमाइला थिए ति दिनहरु हाम्रो सम्बन्धको बारेमा हजुर लगायत अरु धेरै साथिहरुले पनि थाहा पाएका थिए। हाम्रो विहे हुने निश्चित जस्तै थियो नि हैन त्यसैले उ प्रतिको मेरो मायाँ अनि विश्वास दिन प्रतिदिन बढ्दै गइरहेको थियो। हजुरको विहे भएपछि मेरो जिन्दगी एकदमै परिवर्तन हुँदै गयो दिदि । हजुरले राजसंग भेट्न कुरा गर्न जति नै छुट दिएपनि उसंग राति संगै बिताउने छुट कहिल्यै दिनु भएको थिएन। कहिं पनि जान दिनुहुँदैन थियो रातिमा । तर हजुरको विहे भएर हजुर बुटवल गएपछि म एकदमै एक्लो जस्तो भएकि थिएँ। एक्लै भएर चिन्ता लिएको भएर एकदिन राति बस्ने गरी आफ्नो कोठामा बोलायो । म पनि कसैले गालि गर्ला भन्ने डर भएन त्यो डर भन्दा पनि राजको मायाँ धेरै भयो र उसको कोठामा गएँ ।

त्यो दिन उसले मेरो एकदमै ख्याल राख्यो, खाना पनि उसैले पकाएर आफ्नै हातले खुवाइदियो। मेरो मनमा एउटा कुरा के लाग्यो भने,म धेरै भाग्यमानी रहेछु यति धेरै मायाँ गर्ने मान्छे पएकि छु । त्यसैगरी अरु दिनहरुमस पनि म उसको कोठामा जान थालें । हामि संगै बस्ने, संगै खाने, संगै सुत्ने गर्न थाल्यौं। कहिले म उसको कोठामा त कहिले उ मेरो कोठामा। घरबेटी अन्टिलाई पनि हाम्रो इङ्गेजमेन्ट भईसक्यो अब छिट्टै विहे गर्दै छौं भनेका थियौं । यसरी मैले उसलाई पुर्ण रुपमा आफ्नो मानिसकेकि थिएँ । आफ्नो भित्री मन मुटु त दिएकि नै थिएँ, बाहिरी शरिर पनि उसलाई सुम्पिसकेकि थिएँ । दिनहरु यसरी नै बितिरहेका थिए, उसले भविष्यको योजनाहरु बनाउन थाल्यो र जापान जाने सोंच बनायो । जापनिज भाषा सिक्न थालेदेखि हाम्रो भेट्ने क्रम पातलिंदै गयो । दिनभरि कुरा गर्नै पर्ने हामि दिनको एक दुई घन्टा हुँदै हप्ताको एकपटक पनि मुस्किलले कुरा हुन थाल्यो, भेटको त कुरै छोडम। मलाई भविष्य बनाउन देउ, तिमि पनि आफ्नो भविष्य बनाउ, मैले हाम्रै लागि त हो नि मेहेनत गरेको पछि हामि जापानमा सेटल हुने हो नि, उसका यस्ता कुराहरुले चाहिं अलिअलि आशा पलाउँथ्यो ।

नभन्दै एक महिना भित्र मैं उसको भिसा आयो। मैले विहेको कुरा गर घरमा भन्दा उसले मान्दै मानेन। घरकाले विहे गर्ने उमेर नै भाको छैन भनेछन् र केहि वर्ष जापान बसेर फर्केपछि आएर विहे गर्ने वाचा गरेर उ जापान गयो। गएको एक महिना जति त कहिले काहिं कुरा हुन्थ्यो तर पछि सम्पर्क मैं आउन छोड्यो। दिदि मैले कति खोज्ने कोसिस गरें तर पत्ता लगाउन सकिनँ। तर उसको मायाँको चिनो उसको बच्चा मेरो पेटमा हुर्किरहेको छ दिदि उसलाई कुनै विशेष दिनमा यो खुसीको कुरा सुनाउँला भन्दा भन्दै उ मबाट धेरै टाढा भैसक्यो। जापानमा भएका, सबैलाई मैले सम्पर्क गरें खोज्ने कोसिस गरें तर भेटिन। एकजना मेरो साथिको दाई आलोक दाई र राज एउटै कम्पनीमा काम गर्ने रहेछन्, उहाँले राजको अर्कै केटिसँग बिहे भएको र उनिहरु जापानमैं बसेको बताउनु भएपछि मलाई अब यो संसारमा जिउनुको केहि मतलब छैन,म बाँच्नु भन्दा मर्नु ठिक हो जस्तो लाग्यो। दिदि हजुरले भनेको जस्तै मैले बाबाआमालाई सम्झिएँ तर एउटि छोरी भएर मैले आमाबाबालाई खुसी भन्दा दुख धेरै दिएको छु,कति बेइजत हुन्छ होला बाआमाले थाहा पाउनु भयो भने कि छोरीको विहे नभई पेटमा बच्चा छ, जस्को बाउको अत्तोपत्तो छैन। म घर गएर नि बसेको हो दिदि तर सकिनँ जस्को मुखमा पनि कहिले विहे गर्ने हो नानि उमेर भयो अब,गर्नै पर्ने हो क्यारे एकदिन एउटा केटा छ गतिलो कुरा अगाडि बढाम?। यस्ता कुराहरुले झन् मेरो पिडा बढ्दै गयो अनि फर्केर आएर एक्लै बसेकि हुँ। दिदि मलाई मर्न दिनोस् के, म बाँचेर केहि उपलब्धि छैन। मजस्तालाई बाँच्नुको कुनै अधिकार मेरा यस्ता कुरा सुनेर दिदि निकै भावुक यस्तो हुनुभयो ।

नभन सानी तैंले बाँच्नु पर्छ अनि यो तेरो पेटमा हुर्किरहेको अबोध बालकको के दोष छ र ? उसले यो धर्ती टेक्नु पर्छ अनि उसलाई उसको बाउको नाम दिलाउनु पर्छ। म सहयोग गर्छु सानी तँलाई। चिन्ता नगर सानि तेरो दिदि छ नि तेरो लागि हिम्मत नहार। मर्ने कुरा अब दिमाखमा ल्याउँदै नल्या। हिम्मत गर सब ठिक हुन्छ। समाज परिवर्तन गर्न मान्छे हो नि त हामि डराएर हुँदैन हिम्मत गर्नु पर्छ। छैन।दिदिका कुराहरुले त मेरो हिम्मत अझ बढ्यो। दिदिले राजको नेपालको घर(भैरहवा)जाने निर्माण गर्नुभयो। त्यहाँ गएपछि थाहा भयो कि भिनाजु र राजको दाई संगै पढेको साथि हुनुहुँदो रहेछ। त्यसपछि झन् सजिलो भयो। राज जापान गएको दुई महिना नहँदै एउटा ठुलै दुर्घटनामा परेको अनि तिन महिनाको उपचारपछि निको भएर उसले काम गर्ने नेपाली कम्पनीले उसलाई घर पठाउने भएछ। अबको चार दिनपछि राज घर आउँदै रहेछ । कम्पनीले छ महिनाको विदा दिएर उसलाई घर पठाएको रहेछ। यति सुनेपछि पनि मलाई त्यो आलोक दाईको कुरा मनमा खेल्न थाल्यो आखिर राज दुर्घटनामा परेको भए दाइले किन अर्को विहे गरेछ भनेर झुट बोल्नु भयो त आखिर किन दुर्घटनामा परेर उपचार हुँदै छ किन भन्नु भएन । मनको खुलदुलि अझै मेटिएको थिएन,आलोक दाईलाई फोन गरें अनि बेस्सरी कराएँ, “किन झुट बोल्नु भाको दाई राज दुर्घटनामा परेको रहेछ विहे गर्यो भनेर….

“ नानि त्यो बेलामा राजको हालत यस्तो भएको थियो कि उ बाँच्छ भनेर कसैले सोंचेको पनि थिएन, सरुको साथि तिमि मेरी बहिनी जस्तै ठानेर उसलाई कुरेर नबसी अन्तै घरजम गरेर खुसी जिवन बिताउलि भनेर मैले झुट बोलेको, मलाई माफ गरिदेउ बहिनि “दाईको यस्तो कुरा सुनेर भावुक भएँ र भनें“राजलाई कस्तो छ अहिले? ““ठिक छ, यहिं नजिकै को कोठामा छ ““फोन दिनु न प्लिज दाई “दाईले राजलाई फोन दिनुभयो“हेलो, “म केहि बोल्नै सकिन यत्तिकै आँखाबाट आँशुकस धारा बगेर चिउँडोसम्म आयो अनि उसैले फेरी बोल्यो “अनलाइनमा आउ “मेरो मनमा खुसीका छालहरु छल्किन थाले। धेरै दिनदेखि बन्द मेरो म्यासेन्जर खोलें, उसको म्यासेज आएको रहेछ।उसलाई भन्न बाँकि रहेको खुसीको कुरा सुनाएँ म भन्दा नि धेरै खुशी उ भयो । उ नेपाल आएपछि मैं रिसिभ गर्न गएँ एयरपोर्ट अनि केहि दिनमैं हाम्रो बिहे गराईदिनुभयो कन्चन दिदिले । मायाको खल पनि समय संगै हुने रहेछ कहिले मिलन त कहिले बिछोड ।
धन्यवाद

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021