भारतमा पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित फेला

एजेन्सी, २९ साउन । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ ।

कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेकाे वल्डओमिटरले जनाएकाे छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ६७ हजार  ६६ नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो । अमेरिकामा भने पछिल्लाे २४ घण्टामा ५३ हजार ६ सय ६ जना नयाँ संक्रमित फेला परेका छन् भने ब्राजिलमा ५८ हजार ८१ जना नयाँ संक्रमित फेला परेकाे वल्डओमिटरले जनाएकाे छ ।

यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या २३ लाख ९५ हजार ४७१ पुगेकाे छ । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ४७ हजार १ सय ३८ पुगेकाे छ । बुधबार मात्रै त्यहाँ ९ सय ५० जनाकाे मृत्यु भएकाे छ ।

अहिले भातरमा ६ लाख ५२ हजार बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १६ लाख ९५ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ वैशाख । नेकपा एमाले १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कोरोना

काठमाडौँ, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।

काठमाडौँ, २९ वैशाख । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021