हात्तीले मार्‍यो १९९ जना

काठमाडौँ, २९ साउन । संरक्षित क्षेत्र (निकुञ्‍ज–आरक्ष) र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १५ वर्षमा १ सय ९९ जनाको मृत्यु भएको छ । वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया, देहरादुनबाट ‘इलेफेन्ट इकोलोजी’ मा विद्यावारिधि गरिरहेका चितवन राष्ट्रिय निकुञ्‍जका सहायक वार्डेन अशोककुमार रामले झापादेखि कञ्चनपुरसम्म गरेको अध्ययनले सन् २००५ देखि २०१९ सम्म हात्तीको आक्रमणबाट १ सय ९९ जनाको मृत्यु भएको देखाएको हो ।

हात्तीको आक्रमणमा पर्ने ९० प्रतिशतको मृत्यु हुने गरेको अध्ययनमा उल्लेख छ । निकुञ्‍ज–आरक्ष रहेकोभन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मान्छेको मृत्यु भएको रामले बताए । उनका अनुसार १५ वर्षमा झापामा मात्रै ३७ जनाको मृत्यु भएको छ । बर्दियामा ३५ र चितवनमा २० जनाको मृत्यु भएको छ । यसबीचमा सप्तरी र बारामा १३–१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा ९–९, धनुषा र सिन्धुलीमा ८–८, मोरङमा ७, सर्लाही र रौतहटमा ६–६, मकवानपुरमा ३ र कञ्चनपुरमा २ जनाको ज्यान गएको छ ।

मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा ८ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनको आउजाउ अनुगमन गरिरहेको छ । राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैंडालगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यसरी ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने नीतिगत व्यवस्था छ । यस्तै, घाइते हुने, बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि क्षतिपूर्तिको व्यवस्था गरिएको छ  । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021