सार्वजनिक यातायात बन्द

रसुवा, २८ साउन । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ । 

आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको आन्तरिक बससेवा बन्द गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । उक्त केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले छोटो समयका लागि बससेवा बन्द गरिएको र जोखिमको अवस्था, बस चालकले अपनाएका स्वास्थ्य मापदण्ड पूरा भए÷नभएको केही समयपछाडि विश्लेषणका आधारमा खोल्न सकिने बताए ।

यस्तै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले कार्यालय प्रमुख तथा कर्मचारीले जिल्ला नछोड्ने, अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्यको मापदण्ड अपनाई तोकिएका कर्मचारीको मोबाइलमा समन्वय गरी सेवा लिनुपर्ने बताइएको छ ।

अर्को आदेश नभएसम्म मठमन्दिर, गुम्बा, जात्रा बसै बन्द गर्ने, स्वास्थ्यको मापदण्ड सबैले पूर्णरूपमा पालना गर्ने÷गराउने, दीर्घरोगी, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीलाई घरबाट बाहिर ननिकाल्ने, रसुवा प्रवेश गर्ने बेत्रावती सिमानामा आवतजावतको रोकथाममा कडाइ गर्नेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021