आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, २८ साउन । थप ४८४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् । मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५/१५ जना, कास्कीका १३, झापा र सिराहाका १०/१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६/६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३÷३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २/२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज ६४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ७ सय २८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले एक

काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । देशभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । सार्वभौम

काठमाडौँ, २ असोज । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरोबाट जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण