युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था अब अन्त्य हुन्छ : प्रम ओली

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने बताएका छन् ।

आज अन्तर्राष्ट्रिय युवा दिवसको सन्भर्दमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने बताएका हुन् ।

“हाल २६ लाख युवा रोजगारी खोज्दै मुलुकबाहिर गएका छन् । ३ करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन । त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं । हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो । बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ । म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि, तपाईंहरू अगाडि बढ्नुस् । सरकार तपाईंहरूको साथमा छ ।”

प्रधानमन्त्री ओलीले सामाजिक जागरण र नीति-निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको भन्दै खुसी व्यक्त गरे । “बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन । उत्पादनमा सहभागिता हुने भएन । उनीहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई सक्षम बनाउनुपर्छ । सुरक्षामा ध्यान दिनुपर्छ । युवाहरूको सन्दर्भमा, ४० प्रतिशत युवा स्थानीय तह प्रतिनिधित्व गरिरहेका छन् । त्योभन्दा केही सानो संख्या संघीय तहमा र प्रदेश तहमा छन् । त्योभन्दा केही संख्या केन्द्रीय निकायमा छन् । अझ बढाउन जरुरी छ । बढाउँदा सन्तुलनकारी ढङ्गले नै बढाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले नेपाल प्राकृति सम्पदा, स्रोत-सामर्थ्यका हिसाबले अद्भूत र जीवनमय रहेको बताउँदै पछाडि रहन, गरिब हुन मिल्ने देश नै नभएको बताउदै उनले भने, ‘म चाहन्छु हाम्रा देशका युवाहरूले रोजगारीको खोजी गर्दै या जीवनको खोजी गर्दै अन्यत्र जानु नपरोस् । हाम्रोजस्तो देश, जो विद्वान् र बहादुर पुस्ताका सन्तान भएको देश हो । जुन देश प्राकृतिक हिसाबले अत्यन्त सुन्दर  छ । जुन देश अत्यन्तै उर्वर छ । अत्यन्तै अद्भुत, असाधारण र जीवनमय छ । विविधताले युक्त र प्राकृतिक सम्पदाले सम्पन्न छ । त्यो देश पछाडि पर्न, गरिब हुन मिल्ने देश होइन यो विडम्बना हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021